नियम २४
पुनरावेदन दर्ता पछिको कार्यविधि
(१) पुनरावेदन दर्ता भएपछि स्रेस्तेदारले सम्बन्धित
न्यायाधिकरण वा कार्यालयबाट त्यस्तो पुनरावेदनसँग सम्बन्धित मिसिल झिकाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम मिसिल प्राप्त भएपछि सो पुनरावेदन उपर कारबाही
र किनारा गर्नको लागि स्रेस्तेदारले पेशी तारेख तोकी सो मुद्दा पेशी सूचीमा चढाई
पुनरावेदन न्यायाधिकरण समक्ष पेश गर्नु पर्नेछ ।